काठमाडौं उपत्यकामा थप एक साता निषेधाज्ञा लम्ब्याउने तयारी

May 24, 2021      Views: 51  

काठमाडौँ । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा अवधि लम्ब्याउने तयारी भएको छ । दोस्रो लहरको कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा एक साता थप्न लागिएको हो ।

काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) कालीप्रसाद पराजुलीका अनुसार स्थिति अझै भयावह नै रहेकाले निषेधाज्ञाको अवधि लम्ब्याउनुपर्ने देखिएको हो । त्यसका लागि मंगलबार काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका  सीडीओको बैठक बस्ने र आवश्यक निर्णय लिने बताइएको छ ।

पछिल्लो समय काठमाडौँ उपत्यकामा थपिएको निषेधाज्ञा जेठ १३ गते राति १२ बजे सकिादैछ । उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाको आदेश जारी भएको थियो । त्यसपछि वैशाख २२ गते पुनः एक साता थप गर्दे बुधबार राति १२ बजेसम्मका लागि समय थपिएको थियो ।

Similar Post You May Like