काठमाडौ प्रहरीकाे जुवाडे समात्ने अभियान : १३ लाख ४३ हजार नगद सहित १५ जुवाडे पक्राउ

June 4, 2021      Views: 11  

काठमाडौं । न्युरोड पिपल बोटबाट प्रहरीले १५ जना जुवाडेलाई पक्राउ गरेको छ । जुवा खालबाट १३ लाख ४३ हजार नगद बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख अशोक सिंहले बताए ।

पक्राउ पर्नेमा नरदेवी घर भएका पञ्चनारायण महर्जन र सितापाईला घर भएका कुमार लामिछानेसहित १५ जना छन् । उनीहरुलाई महानगरीय प्रहरी वृत्त जनसेवाको हिरासतमा राखेर थप अनुसन्धान भैरहेको सिंहले बताए ।

प्रहरीले अवैध गतिविधिका साथै कानुनले बन्देज गरेका कार्यमा संलग्नहरुको अप्रेसन व्यापक गरेको छ ।निषेधाज्ञाको समयमा गोप्य कोठामा बसेर यस्ता अवैध धन्दा बढेकाले प्रहरीले गोप्य रुपमा यस्ता क्रियाकलापको निग्रानी बढाएको हो ।

Similar Post You May Like