मन्त्रिपरिषद् विस्तार विरुद्धको रिट न्यायाधीश खतिवडाको इजलासमा

June 8, 2021      Views: 7  

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रिपरिषद् विस्तारबिरुद्ध परेको रिटको पेशी न्यायाधीश ईश्वर प्रसाद खतिवडाको बेञ्चमा तोकिएको छ ।

मन्त्रिमण्डल पुनर्गठन खारेज गर्न माग गर्दै बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता कञ्चनकृष्ण न्यौपाने र सितादेवी श्रेष्ठ, विरेन्द्रप्रसाद शाह र शालिकराम सापकोटाले सर्वोच्च अदालतमा दर्ता गराएको रिटको पेशी खतिवडाको एकल इजलासमा परेको हो ।

प्रधानमन्त्री ओलीले जेठ २१ मा जसपाका महन्त ठाकुर पक्षलाई समेटेर मन्त्रिमण्डल विस्तार गरेपछि उक्त विवाद अदालतमा पुगेको हो । संसद विघटन गरी चुनाव (मध्यावधि) घोषणा गरेको कामचलाउ सरकारले मन्त्रिपरिषद् विस्तार गर्नु संविधानविपरीत र बदनियतपूर्ण रहेको जिकिर गरिएको छ ।

Similar Post You May Like