मुख्यमन्त्री भट्टले पाए विश्वासको मत, दुई तिहाइको समर्थन !

June 8, 2021      Views: 8  

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत प्राप्त गरेका छन् । मंगलबार प्रदेशसभामा भएको मतदानमा भट्टले विश्वासको मत प्राप्त गरेका हुन् ।

प्रदेशसभामा भएको मतविभाजनमा मुख्यमन्त्रीको पक्षमा ३० मत प्राप्त भयो भने विपक्षमा ९ मत पर्यो । यस्तै, काँग्रेसमा १२ सांसद मतदान प्रक्रियामा सहभागी भएनन् ।

एमालेभित्रको विवादकै कारण मुख्यमन्त्री भट्टले विश्वासको मत लिएका हुन् । पछि एमालेकै सांसदले समर्थन गरेका छन् ।

मुख्यमन्त्रीलाई माओवादीसहित एमालेले समर्थन गर्ने निर्णय औपचारिक निर्णय गरेको थियो भने काँग्रेसले आवश्यकताअनुसार विश्वासको मत दिने निर्णय गरेको थियो ।

Similar Post You May Like