पेरु पोस्टमा ब्राजिलको चार गोल

एजेन्सी । ब्राजिलले कोपा अमेरिका फुटबलमा लगातार दोस्रो जित निकालेको छ । शुक्रबार बिहान भएको समूह चरणको खेलमा पेरुलाई ४-० गोल अन्तरले पराजित गर्दै आयोजकसमेत रहेको ब्राजिलले लगातार दोस्रो जित निकालेको हो ।
ब्राजिललाई जित दिलाउन एलेक्स सान्ड्रो, नेयमार, एभर्टन रिबेरो र रिचार्लीसनले समान एक/एक गोल गरे ।
खेलको १२ औं मिनेटमा एलेक्सले गोल गर्दै ब्राजिललाई सुरुवाती अग्रता दिलाएका थिए । उनले ग्राबियल जिससको पासमा गोल गरे ।
त्यसपछि खेलको ६८ औं मिनेटमा नेयमारले गोल गर्दै ब्राजिललाई २-० को अग्रता दिलाए । फ्रेडको पासमा उनले गोल गरे ।
खेलको ८९ औं मिनेटमा एभर्टनले गोल गर्दा ब्राजिलले अग्रता तेब्बर बनायो । रिचार्लीसनको पासलाई सदुपयोग गर्दै उनले गोल गरेका हुन् ।
त्यसपछि खेलको इन्जुरी समयमा रिचार्लीसनले गोल गर्दै ब्राजिललाई ४-० को सानदार जित दिलाए ।
यस जितसँगै समूह ‘ए’मा रहेको ब्राजिलले २ खेलमा ६ अंक जोडेको छ । पहिलो खेल खेलेको पेरुको यो पहिलो हार हो । पेरु समूहको पुछारमा रहेको छ ।
Similar Post You May Like
-
बिश्वकपमा ब्राजिलकाे बिजयी शुरुआत
काठमाडौं । सर्वियालाई २–० गोलको नतिजामा पराजित गर्दै ब्राजिलले कतारमा
-
बार्सिलोनाको सहज जित
काठमाडौं । स्पेनिस ला लिगामा क्याटलन क्लब बार्सिलोनाले सहज जित निकालेको
-
पीएसजीका मालिककाे दाबी : मेस्सीसँग सम्झौता नजिक
काठमाडौँ । हालै क्याटलान क्लब बार्सिलोनाबाट बाहिरिएका अर्जेन्टिनी स्टार लियोनल मेस्सी