युरोकपमा आज ४ खेल, कुन-कुन टोली भिड्दैछन् ?

एजेन्सी । जारी १६ औं संस्करणको युरोकप फुटबलमा आज चार खेलहरु हुँदैछन् । आज समूह चरणको अन्तिम दिनमा समूह ‘ई’ र समूह ‘एफ’ को २/२ खेलहरु हुनेछन् ।
समूह ‘ई’मा रहेको स्पेनले आज राति स्लोभाकियासँग प्रतिस्पर्धा गर्नेछ । दुई टोलीबीचको खेल सेभियामा नेपाली समयानुसार बुधबार राति ९:४५ बजे सुरु हुनेछ ।
स्पेनलाई नकआउट चरणमा प्रवेश गर्नका लागि आजको खेल जित्नैपर्नेछ । स्पेन स्लोभाकियालाई हराएर अन्तिम १६ मा पुग्न चाहन्छ ।
यता, स्लोभाकिया पनि स्पेनलाई हराएर नकआउट चरणमा पुग्न चाहन्छ । स्लोभाकिया २ खेलमा ३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।
यस्तै, सोही समूहको अर्को खेलमा स्विडेन र पोल्याण्ड प्रतिस्पर्धा गर्दैछन् । दुई टोलीबीचको खेल नेपाली समयानुसार राति ९:४५ बजे सुरु हुनेछ ।
४ अंकसहित शीर्ष स्थानमा रहेको स्विडेन नकआउट चरणमा पुगिसकेको छ । तर, पोल्याण्डलाई हराएर स्विडेन समूह विजेता बन्दै अन्तिम १६ मा पुग्ने योजनामा रहेको छ ।
पोल्याण्ड १ अंक जोडेर समूहको पुछारमा रहेको छ ।
यसैगरी समूह ‘एफ’ अन्तर्गत दुई हेभिवेट टिम पोर्चुगल र फ्रान्सबीच प्रतिस्पर्धा हुँदैछ । साविक विजेता पोर्चुगल र उपविजेता फ्रान्सबीचको खेल नेपाली समयानुसार राति १२:४५ बजे सुरु हुनेछ ।
पुस्कास स्टेडियममा पोर्चुगल फ्रान्सलाई हराएर नकआउट चरणमा पुग्न चाहन्छ । पोर्चुगल २ खेलमा ३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
फ्रान्स यस अघि नै नकआउट चरणमा पुगिसकेको छ ।
यस्तै, समूह ‘एफ’ अन्तर्गतै अर्को खेलमा जर्मनीले हंगेरीसँग खेल्नेछ । दुई टोलीबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ ।
जर्मनी २ खेलमा ३ अंक जोडेर समूहको दोस्रो स्थानमा रहेको छ । हंगेरीलाई हराएर जर्मनी अन्तिम १६ को यात्रा तय गर्न चाहन्छ ।
हंगेरी १ अंक जोडेर समूहको पुछारमा रहेको छ । हंगेरी पनि जर्मनीलाई हराएर नकआउट चरणमा पुग्न चाहन्छ ।
Similar Post You May Like
-
बिश्वकपमा ब्राजिलकाे बिजयी शुरुआत
काठमाडौं । सर्वियालाई २–० गोलको नतिजामा पराजित गर्दै ब्राजिलले कतारमा
-
बार्सिलोनाको सहज जित
काठमाडौं । स्पेनिस ला लिगामा क्याटलन क्लब बार्सिलोनाले सहज जित निकालेको
-
पीएसजीका मालिककाे दाबी : मेस्सीसँग सम्झौता नजिक
काठमाडौँ । हालै क्याटलान क्लब बार्सिलोनाबाट बाहिरिएका अर्जेन्टिनी स्टार लियोनल मेस्सी