युरोकप : समूह चरण सकियो, शनिबारदेखि नकआउट चरण

एजेन्सी । विहीबार मध्यराति फ्रान्स र पोर्चुगलले बराबरीमा खेलेसँगै युरोकपको समूह चरणका खेलहरु सकिएका छन् । अबको खेल नकआउट चरणमा प्रवेश गरेको छ । यो चरणमा १६ टिमले खेल्नेछन् ।
नकआउट चरणमा छानिएका १६ वटा टिममा वेल्स, डेनमार्क, इटली, अष्ट्रिया, नेदरल्याण्डस, चेक रिपब्लिक, बेल्जियम, पोर्चुगल, क्रोएसिया, स्पेन, फ्रान्स, स्वीटजरल्याण्ड, इङ्ल्याण्ड, जर्मनी, स्वीडेन र युक्रेन छन् ।
अब नकआउट चरणको खेल असार १२ गते शनिबारदेखि हुनेछ । युरो कपको फाइनल खेल जुलाई १२ अर्थात असार गते लण्डनको बिम्बली रंगशालामा हुनेछ ।
कोको भिड्दैछन् ?
असार १२ गते शनिबार नकआउट चरणको पहिलो खेलमा नेपाली समयअनुसार राति ९ः४५ मा वेल्स र डेनमार्कबीच प्रतिस्पर्धा हुँदैछ । सोही रात १२ः४५ बजे इटली र अस्ट्रियावीच खेल हुनेछ ।
असार १३ गते आइतबार नेपाली समय अनुसार राति ९ः४५ मा नेदरल्यान्डस् र चेक गणतन्त्रबीच प्रतिस्पर्धा हुनेछ । रोही रात १२ः४५ मा बेल्जियम र पोर्चुगल भिड्नेछन् ।
असार १४ गते सोमबार नेपाली समयअनुसार राति ९ः४५ मा क्रोएसिया र स्पेन भिड्नेछन् भने राति १२ः४५ मा फ्रान्स र स्वीटरजल्यान्ड भिड्नेछन् ।
असार १५ गते मंगलबार नेपाली समयअनुसार राति ९ः४५ मा इङल्यान्ड र जर्मनी भिडनेछन् । राति १२ः४५ मा स्वीडेन र युक्रेनबीच प्रतिस्पर्धा हुनेछ ।
नकआउट चरणको खेल सकिएको तीनदिनपछि अर्थात् असार १८ गतेदेखि क्वार्टर फाइनल चरण शुरु हुनेछ ।
असार २२ र २३ गते सेमिफाइनल खेलहरु हुनेछन् ।
र, युरोकप–२०२० को फाइनल खेल २७ असार, नेपाली समयअनुसार मध्यराति १२ः४५ मा लण्डनको बिम्बली रंगशाला हुनेछ ।
Similar Post You May Like
-
भ्रष्टाचार मुद्दामा दाेषी ठहरिएका एसपी रामेश्वरप्रसाद यादव २ कराेड ५० लाखकाे चेक लिएर फरार
काठमाडौ । २ कराेड ५० लाखकाे चेक लिएर भ्रष्टाचार मुद्दामा
-
बिश्वकपमा ब्राजिलकाे बिजयी शुरुआत
काठमाडौं । सर्वियालाई २–० गोलको नतिजामा पराजित गर्दै ब्राजिलले कतारमा
-
वैदेशिक राेजगार संघमा १७ पदका लागि ३० व्यवसायीकाे उम्मेद्वारी
काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आगामी पुस ३०