जेसिबीको बकेटले हिर्काएर वडाध्यक्षको हत्या, पुरेर भागे चालक

काठमाडौं । सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नम्बर ३ स्थित भक्तिपुरका वडाध्यक्ष सूर्य कुमार श्रेष्ठको हत्या भएको छ । सामान्य विवादमा जेसिबीको बकेटले हिर्काएर हत्या श्रेष्ठको हत्या भएको हो ।
हत्यामा संलग्न रहेको आरोपमा जेसिबी चालक रविन तामाङ भनिने हर्कबहादुर तामाङ र ठेकेदार प्रेम दाहाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, सर्लाहीले जनाएको छ ।
प्रहरीका अनुसार शुक्रबार साँझ ठेकेदार दाहालसँगै वडा अध्यक्ष श्रेष्ठ सहितका टोली सौन्दर्यीकरण भईरहेको मुखलाल दास पोखरीको निरीक्षण गर्न गएका थिए । त्यही क्रममा सामान्य विवाद हुँदा आक्रोशित जेसिबी चालकले वडाध्यक्ष श्रेष्ठको टाउको र छातीमा बकेटले प्रहार गरेपछि घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाई छ।
हत्यापछि वडा अध्यक्ष श्रेष्ठलाई त्यही पुरेर चालक फरार भएका थिए । प्रहरीले सूचना पाउने बित्तिकै घटनास्थल पुगेर शव गाडेको ठाउँबाट शव निकालिएको बताइएको छ ।
के कारणले हत्या भएको खुल्न सकेको छैन । अहिले दुई जनालाई पक्राउ गरेर थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
Similar Post You May Like
-
वैदेशिक राेजगार संघमा १७ पदका लागि ३० व्यवसायीकाे उम्मेद्वारी
काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आगामी पुस ३०
-
नेभरमाइन्ड रेष्ट्रो आज देखि दोश्रो बर्षमा प्रवेश
काठमाडौं। काठमाडौंको अनामनगर भाटभटेनी साइटमा अवस्थित नेभरमाइन्ड रेष्ट्रो स्थापनाको पहिलो
-
पार्टी निकट पत्रकारलाई प्रचण्डको आग्रह : अहिले ‘रिल्याक्स’ हुने बेला भएको छैन
कठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले