मषाल जुलुससहित पाँच बिद्यार्थी संगठनद्धारा थप आन्दोलनको घोषणा

July 2, 2021      Views: 139  

संदिप लुइटेल
काठमाडौं । प्रतिनिधि सभा विगठनको विरुद्धमा रहेका विपक्षी गठबन्धन निकट विद्यार्थी संगठनले थप आन्दोलनका कार्यक्रम घोषणा गरेका छन । दोश्रो चरणको आन्दोलन सकिए सँगै तेश्रो चरणामा मषाल जुलुससहित थप आन्दोलनको घोषणा गरेको हो ।
उपत्यकामा आज बसेको पाँच विद्यार्थी संगठनको बैठकले असार १९ गते देशभर मषाल जुलुससहित प्रदर्शन गर्ने निर्णय गरेको हो । त्यस्तै असार २० गते प्रतिगमनका विरुद्ध विद्यार्थी आन्दोलनका पुर्व अध्यक्ष तथा नेताहरुसँग पनि अन्तरक्रिया गर्ने पनि भएका छन ।
शुक्रबार आन्दोलनका कार्यक्रम घोषणाबारे एक विज्ञप्ति प्रकाशित गर्दै प्रमुख पाँच विद्यार्थी संगठनले विद्यार्थी नेता डोजाङ् शेर्पाको नेतृत्वमा रत्नपार्कमा बनाएको भित्तेचित्र मेटेको घटनाको विरोध गरेको छ । विज्ञप्ति भनिएको छ, ‘कोरोना कहरकविरुद्ध ज्यानको वाजी थापेर सवैभन्दा अग्रभागमा लडिरहेका स्वास्थ्यकर्मीहरुको सम्मानमा विद्यार्थी नेता डोजाङ् शेर्पाको नेत्रृत्वमा रत्नपार्कमा बनाएको भित्तेचित्र मेटेर काठमाडौं महानगरपालिले अत्यन्त आपक्तिजनक कार्य गरेको छ । स्वास्थ्यकर्मीको मनोबल गिराउने यस निन्दनीय कार्यको घोर भत्र्सना गर्दै कामनपाका मेयरलाई तत्काल माफि माग्न आग्रह गर्दछौं ।’
त्यस्तै पाँच विद्यार्थी संगठनले असार २१ गते देशैभर तथा उपत्यकामा माइतिघर केन्द्रित रहेर संविधान जोगाउन संविधानको प्रदर्शन गर्ने पनि निर्णय गरेको छ । आन्दोलनमा घाइते विद्यार्थीको शिघ्र स्वास्थ्यलाभको कामना गर्दै आन्दोलन क्रमममा गरिएको प्रहरी दमनको घोर निन्दा तथा भत्र्सना संगठनले गरेको छ ।
पाँच विद्यार्थी संगठनले जारी गरेको ज्ञप्तिमा नेविसंघका अध्यक्ष राजीव ढुंगाना, अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ, अनेरास्ववियु (माधव नेपाल समूह)का अध्यक्ष सुदेश पराजुली, समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठ र अखिल छैटौंका अध्यक्ष विमल पोखरेलको हस्ताक्षर छ ।

Similar Post You May Like