पीएसजीका मालिककाे दाबी : मेस्सीसँग सम्झौता नजिक

August 7, 2021      Views: 137  

काठमाडौँ । हालै क्याटलान क्लब बार्सिलोनाबाट बाहिरिएका अर्जेन्टिनी स्टार लियोनल मेस्सी र फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)बीच सम्झौता निष्कर्षमा पुगेको दाबी गरिएको छ ।

बार्सिलोनाले सम्झौता नविकरण गर्न नसकेपछि बाहिरिएका मेस्सीको नयाँ गन्तव्यबारे चर्चा चलिरहँदा पीएसजीका मालिक कतारी राजकुमारका भाई खालिद बिन हमाद बिन खालिफा अल थानीले मेस्सी पीएसजी आउने घोषणा गरेका हुन् । ‘सहमति औपचारिक रूपमा निष्कर्षमा पुगिसक्यो । केहीपछि घोषणा हुनेछ ।’ सामाजिक सञ्जाल ट्वीटरमा उनले लेखेका छन् ।

यसअघि म्यानचेस्टर सिटीले पनि मेस्सीलाई भित्र्याउने प्रयास गरेको थियो ।

बार्सिलोनामा रहँदा मेस्सीले क्लबका लागि ६७२ गोल गरे भने १० वटा ला लिगाको उपाधि दिलाए । त्यस्तै, उनले चारवटा च्याम्पियन्स लिग र ७ वटा कोपा डेल रेको उपाधि पनि जितेका थिए । उनी ६ पटक बालोन डि’ओर विजेता पनि बने । हालै उनले कोपा अमेरिकाको उपाधि पनि जितेका छन् ।

Similar Post You May Like