६८.६ प्रतिशत नेपालीमा कोभिड-१९को एन्टीबडी

काठमाडौं । नेपालमा ६८ दशमलब ६ प्रतिशत व्यक्तिमा कोभिड-१९ को एन्टीबडी देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सूचना जारी गर्दै गत असार २१ देखि साउन ३० गतेसम्म ५ महिनाभन्दा माथि उमेरसमुहका १३ हजार १६१ जनामा गरेको सेरो प्रिभिलेन्स सर्वेमा ६८ दशमलब ६ प्रतिशत कोभिड एन्टीबडी देखिएको हो।
कोरोनाको पहिलो डोज खोप लगाएका ८० र दुवै डोज लगाएका ९० प्रतिशतमा एन्टीबडी देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
‘एक मात्रा खोप लगाएका व्यक्तिमा ८० प्रतिशत र पूणर् मात्रा कोभिड खोप लगाएमा ९० प्रतिशत एन्डीबडी देखिएको छ। यसले हामीले लगाइरहेको कोभिड खोप प्रभावकारी रहेको देखिन्छ।’ सूचनामा उल्लेख छ ।
अझै पनि कोरोना महामारीको खतरा कायम रहेको र भाइरसले आफ्नो रुप परिपर्वत गरहने जोखिम कायम रहेकाले संक्रमण रोकथाम र नियन्त्रण प्रभावकारी उपाय भएकाले भौतिक दूरी कायम गर्ने, मास्क लगाउने, भीडभाड कम गर्ने र सरसफाईमा ध्यान दिन मन्त्रालयले आग्रह गरेको छ ।
Similar Post You May Like
-
भ्रष्टाचार मुद्दामा दाेषी ठहरिएका एसपी रामेश्वरप्रसाद यादव २ कराेड ५० लाखकाे चेक लिएर फरार
काठमाडौ । २ कराेड ५० लाखकाे चेक लिएर भ्रष्टाचार मुद्दामा
-
“जनयुद्धको बलबाट नै मुलुकको राजनीतिक व्यवस्था परिवर्तन भएकाे हाे” : नेता बस्नेत
काठमाडौ । अनेरास्ववियू (क्रान्तिकारी) बानेश्वर बहुमुखी क्याम्पस समितिकाे आयोजनामा २८ औं
-
विवाद बीच हिमाल शर्मा कार्यक्रममा सहभागी भएको भन्दै हिमाल शर्मा विरुद्ध सामाजिक संन्जालमा विरोध !
काठमाडौ । अनेरास्ववियू(क्रान्तिकारी)ले उपत्यका विशेष प्रदेशले आयोजना गरिएको स्वबियु केन्द्रित