बार्सिलोनाको सहज जित

काठमाडौं । स्पेनिस ला लिगामा क्याटलन क्लब बार्सिलोनाले सहज जित निकालेको छ । आइतबार भएको खेलमा बार्सिलोनाले लेभान्तेलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।
बार्सिलोनाको जितमा मेम्फिस डिपाए, जुक डी होङ र अंशु फातीको १/१ गोल गरे ।
डिपेले पेनाल्टीमा गोल गर्दै अग्रता दिलाएको बार्सिलोनाका लागि डी होङले १४औँ मिनेटमा दोस्रो गोल गरे । डि होङले सेर्जिनो डेस्टको पासमा गोल गरेका थिए । फातीले इन्जुरी समयमा अर्को गोल गर्दै जित अन्तर फराकिलो पारे ।
जितपछि बार्सिलोना ६ खेलमा १२ अंक जोड्दै स्पेनिस ला लिगा अंकतालिकाको पाँचौ स्थानमा उक्लिएको छ । पराजित लेभान्ते चार अंकका साथ १७औँ स्थानमा छ ।
स्पेनिस ला लिगामा आइतबारै भएकाे अर्को खेलमा ओसासुनाले रियाल मायोर्कामाथि ३-२ को जित दर्ता गरायो ।
रियल बेटिसले गेटाफेलाई २-० गोल अन्तरले पराजित गरेकाे छ । रायो भालेकानोले काडिजलाई ३-१ तथा रियल सोसाइडले इल्चेलाई समेत १-० गोल अन्तरले पराजित गरेकाे छ । ओसासुनाले मारोक्कालाई ३-२ गोल अन्तरले हरायो ।
Similar Post You May Like
-
बिश्वकपमा ब्राजिलकाे बिजयी शुरुआत
काठमाडौं । सर्वियालाई २–० गोलको नतिजामा पराजित गर्दै ब्राजिलले कतारमा
-
पीएसजीका मालिककाे दाबी : मेस्सीसँग सम्झौता नजिक
काठमाडौँ । हालै क्याटलान क्लब बार्सिलोनाबाट बाहिरिएका अर्जेन्टिनी स्टार लियोनल मेस्सी
-
ब्राजिललाई पराजित गर्दै अर्जेन्टिनाले जित्यो कोपा अमेरिकाको उपाधि
एजेन्सी । कोपा अमेरिकाको उपाधि अर्जेन्टिनाले जितेको छ । आइबार बिहान