उपचार गर्न थाइल्याण्ड गए बर्षमान पुन

काठमाडौ । नेकपा माओवादी केन्द्रका नेता बर्षमान पुन उपचारका लागि थाइल्याण्ड प्रस्थान गरेका छन्।
आज बिहान नेता पुन त्रिभुवन अन्तर्राष्ट्रिय विभानस्थलबाट थाइल्याण्ड प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ।
जण्डिसको वंशानुगत समस्या भएका पुन केही समयदेखि बिरामी छन्।
यस अगाडि पुनले सुमेरु अस्पतालमा उपचार गराएका थिए। उनलाई बैंककस्थित समितिभेज अस्पतालमा उपचार गराउने तयारी छ।
पुनको शरीरमा देखिएको जण्डिसको मात्रा अस्वभाविक रूपमा बढेको चिकित्सकहरूले बताएका थिए। चिकित्सकहरूकै सल्लाह अनुसार उनलाई थाइल्याण्ड लगिएको सचिवालयले जनाएको छ।
नेता पुनसँगै पूर्वसभामुख समेत रहेकी पत्नी ओनसरी घर्ती पनि थाइल्याण्ड गएकी छन्।
पुनलाई चार वर्ष अगाडि पनि यस्तै खालको स्वास्थ्य समस्या देखिएको थियो। त्यसबेला पनि पुनले बैंककमा उपचार गराएका थिए।
Similar Post You May Like
-
वैदेशिक राेजगार संघमा १७ पदका लागि ३० व्यवसायीकाे उम्मेद्वारी
काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आगामी पुस ३०
-
नेभरमाइन्ड रेष्ट्रो आज देखि दोश्रो बर्षमा प्रवेश
काठमाडौं। काठमाडौंको अनामनगर भाटभटेनी साइटमा अवस्थित नेभरमाइन्ड रेष्ट्रो स्थापनाको पहिलो
-
पार्टी निकट पत्रकारलाई प्रचण्डको आग्रह : अहिले ‘रिल्याक्स’ हुने बेला भएको छैन
कठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले