बाढी-पहिराेमा परी हालसम्म ९५ जनाको मृत्यु, ३६ बढी बेपत्ता कुन जिल्लामा कति ?

काठमाडौं । विगत केही दिनदेखि परेको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी आज बिहानसम्म ९५ जनाको मृत्यु भएको छ । २२ जना घाइते भएका छन् भने ३६ जना बढी बेपत्ता छन् ।
गृहमन्त्रालका अनुसार सबैभन्दा बढी पाँचथरमा बाढी र पहिरामा परी हालसम्म २७ जनाको मृत्यु भएको छ । जिल्लाको मिक्लाजुङ गाउँपालिकामा मात्रै बाढी र पहिरामा परी २१ जनाको मृत्यु भएको छ । यस गाउँपालिका– ५ कुरुम्बामा मात्रै हालसम्म १५ जनाको पहिराले पुरिएर मृत्यु भएको छ । उक्त गाउँपालिका– १, २, ४ र ७ मा गरी थप छ जनाको मृत्यु भएको हो । हालसम्म तीन जना बेपत्ता हुनुका साथै छ जना घाइते भएका छन् ।
त्यसपछि डोटीमा पहिरोमै पुरिएर ज्यान गुमाउनेको संख्या १५ पुगेको छ । पाँचजना घाइते छन् । इलाममा पहिरोमा परेर १३ को मृत्यु भएको छ । तीनजना बेपत्ता छन् भने दुईजना घाइते भएका छन् ।
बझाङ र हुम्लामा पहिरोमा परी सात–सातजनाको मृत्यु भएको छ । बझाङमा थप २१ बेपत्ता छन् । पहिरोमै परेर धनकुटामा ६ जनाको ज्यान गएको छ भने पाँच घाइते छन् । त्यस्तै, सुनसरीमा बाढीपहिरोमा पाँच र बैतडीमा पहिरोमा चारजनाको मृत्यु भएको छ । बैतडीमा दुईजना घाइते छन् ।
उदयपुर र डडेल्धुरामा दुई–दुईजनाको मृत्यु भएको छ भने मोरङ, भोजपुर, कपिलवस्तु, कैलाली, कालिकोट, प्युठान र सोलुखुम्बुमा बाढी-पहिरोमा एक–एकजनाको ज्यान गएको छ ।
गएको असोज ३१ गते वर्षा हुने प्रणाली सक्रिय भई नेपालमा विभिन्न क्षेत्रमा भारी वर्षा भएको थियो । यो क्रम आज पनि जारी छ । सरकारले बाढी पहिराबाट मृत्यु हुनेका परिवारलाई रु दुई लाख दिने निर्णय गरेको छ । एकै परिवारका दुई जनाको निधन भएमा भने रु तीन लाख दिइनेछ ।
आवास गुमाउने पाँच जनासम्मको परिवारलाई तत्काल रु १५ हजार दिइने र सोभन्दा बढी सदस्य भएका परिवारलाई रु २० हजार दिइने र घाइतेको निःशुल्क उपचार गर्ने सरकारले निर्णय गरेको छ ।
Similar Post You May Like
-
भ्रष्टाचार मुद्दामा दाेषी ठहरिएका एसपी रामेश्वरप्रसाद यादव २ कराेड ५० लाखकाे चेक लिएर फरार
काठमाडौ । २ कराेड ५० लाखकाे चेक लिएर भ्रष्टाचार मुद्दामा
-
“जनयुद्धको बलबाट नै मुलुकको राजनीतिक व्यवस्था परिवर्तन भएकाे हाे” : नेता बस्नेत
काठमाडौ । अनेरास्ववियू (क्रान्तिकारी) बानेश्वर बहुमुखी क्याम्पस समितिकाे आयोजनामा २८ औं
-
विवाद बीच हिमाल शर्मा कार्यक्रममा सहभागी भएको भन्दै हिमाल शर्मा विरुद्ध सामाजिक संन्जालमा विरोध !
काठमाडौ । अनेरास्ववियू(क्रान्तिकारी)ले उपत्यका विशेष प्रदेशले आयोजना गरिएको स्वबियु केन्द्रित