माओवादी केन्द्रले दियो ३३ विभागलाई पूर्णता, को-को बने प्रमुख ?

काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रले ३३ वटा विभागलाई पूर्णता दिएको छ ।
विहीबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले ३३ विभाग र एक प्रतिष्ठानलाई पूर्णता दिएको हो । साथै, डिलाराम आचार्यको संयोजकमा १७५ सदस्यीय सम्पर्क समिति गठन पनि गरिएकाे छ ।
विभागका विभागीय प्रमुखमा अर्थ तथा योजना विभाग प्रमुखको जिम्मेवारी वर्षमान पुनले पाएका छन् भने संगठन विभागको प्रमुख जनार्दन शर्मा भएका छन् । त्यस्तै विदेश मामिला विभागमा नारायणकाजी श्रेष्ठ, प्रचार तथा प्रकाश विभाग कृष्णबहादुर महरा, विपद व्यवस्थापन विभागमा सूर्य सुवेदी, उद्योग मामिला विभागमा वामदेव क्षेत्री, कृषि तथा भूमिसुधार विभागमा हरिबोल गजुरेल, उपभोक्ता हित संरक्षण विभागको नेतृत्व मात्रिका यादवले पाएका छन् । विभागमा बढीमा ३५ सदस्य रहनेछन् ।
यी हुन् विभाग प्रमुखहरु:-
१. अर्थ तथा योजना विभाग – वर्षमान पुन
२. संगठन विभाग – जनार्दन शर्मा
३. विदेश मामिला विभाग – नारायणकाजी श्रेष्ठ
४. प्रचार तथा प्रकाशन विभाग – कृष्णबहादुर महरा
५. विपद् व्यवस्थापन विभाग – सूर्य सुवेदी
६. उद्योग मामिला विभाग – वामदेव क्षेत्री
७. कृषि तथा भूमिसुधार विभाग – हरिबोल गजुरेल
८. उपभोक्ता हित संरक्षण विभाग – मात्रिका यादव
९. कोष तथा आर्थिक विभाग – डोरप्रसाद उपाध्याय
१०. खानेपानी विभाग – विना मगर
११. जलस्रोत तथा ऊर्जा – लिलामणि पोखरेल
१२. निर्वाचन विभाग – खिमलाल देवकोटा
१३. कानुन विभाग – मुक्ति प्रधान
१४. पर्यटन विभाग – झक्कुप्रसाद सुवेदी
१५. प्रादेशिक मामिला विभाग – पर्शुराम तामाङ
१६. पार्टी स्कुल विभाग – गिरिराजमणि पोखरेल
१७. पुस्तकालय तथा अभिलेख – नारायणप्रसाद शर्मा
१८. भौतिक पूर्वाधार विभाग – हरि अधिकारी
१९. युवा तथा खेलकुद विभाग – गणेशमान पुन
२०. राजकीय मामिला विभाग – रेखा शर्मा
२१. राष्ट्रिय सुरक्षा विभाग – कृष्णबहादुर महरा
२२. वन तथा वातावरण – शक्ति बस्नेत
२३. विज्ञान तथा प्रविधि विभाग – गणेश साह
२४. शिक्षा तथा मानवस्रोत विभाग – मायाप्रसाद शर्मा
२५. श्रम तथा रोजगार विभाग – रामेश्वर राय यादव
२६. संघीय संसदीय विभाग – देव गुरुङ
२७. समाज कल्याण विभाग – सत्या पहाडी
२८. सहकारी तथा गरिबी विभाग – धर्मदत्त देवकोटा
२९. सहरी विकास विभाग – देवेन्द्र पौडेल
३०. सामान्य प्रशासन विभाग – टेकबहादुर बस्नेत
३१. साहित्य तथा कला विभाग – गोपाल ठाकुर
३२. स्थानीय तह विभाग – उर्मिला अर्याल
३३. स्वास्थ्य तथा जनसंख्या विभाग – कल्पना धमला
३४. नीति अध्ययन प्रतिष्ठान – रामचन्द्र झा
Similar Post You May Like
-
भ्रष्टाचार मुद्दामा दाेषी ठहरिएका एसपी रामेश्वरप्रसाद यादव २ कराेड ५० लाखकाे चेक लिएर फरार
काठमाडौ । २ कराेड ५० लाखकाे चेक लिएर भ्रष्टाचार मुद्दामा
-
“जनयुद्धको बलबाट नै मुलुकको राजनीतिक व्यवस्था परिवर्तन भएकाे हाे” : नेता बस्नेत
काठमाडौ । अनेरास्ववियू (क्रान्तिकारी) बानेश्वर बहुमुखी क्याम्पस समितिकाे आयोजनामा २८ औं
-
विवाद बीच हिमाल शर्मा कार्यक्रममा सहभागी भएको भन्दै हिमाल शर्मा विरुद्ध सामाजिक संन्जालमा विरोध !
काठमाडौ । अनेरास्ववियू(क्रान्तिकारी)ले उपत्यका विशेष प्रदेशले आयोजना गरिएको स्वबियु केन्द्रित