न्यायाधीशहरुको बहिष्कारका बीच प्रधानन्यायाधीशको इजलास सुरु

कठमाडौ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको इजलासमा सुनुवाइ सुरु भएको छ । अन्य न्यायाधीशहरूले पेसी बहिष्कार गरिरहँदा बुधबार प्रधानन्यायाधीश जबराले आफू मात्रै रहने पूर्ण इजलास पनि तोकेका थिए । सो इजलासमा प्रधानन्यायाधीश राणाले केहीबेर अघिदेखि सुनुवाइ सुरु गरेका हुन् ।
प्रधानन्यायाधीशले आफ्नै इजलासमा राखेका पहिलो मुद्दा लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्ती विरुद्धको अदालतको अवहेलनासम्बन्धी रहेको छ । त्यसैगरी सम्पत्ति शुद्धीकरणसम्बन्धी मधुकुमारी चौधरी विपक्षी रहेको मुद्दा, ज्ञानबहादुर जोगीको हकमा अम्बिका विश्वकर्माबाट दायर गरिएको बन्दी प्रत्यक्षीकरणको मुद्दा, जिल्ला अदालत कास्की विरुद्धको बन्दी प्रत्यक्षीकरणको मुद्दा र कालो बजार तथा अन्य केही सामाजिक अपराधसम्बन्धी कसुरमा नेपाल सरकार विपक्षी रहेको रोशन जैसवालले दायर गरेको मुद्दा रहेका छन् ।
अन्य न्यायाधीशहरूले प्रधानन्यायाधीशको राजीनामा माग गरेर इजलास बहिष्कार गरिरहँदा प्रधानन्यायाधीशले आफू मात्रै रहने इजलास तोकेर उनीहरुलाई चुनौती दिन खोजेको देखिन्छ । इजलास बहिस्कार गर्ने न्यायाधीशहरूले आजै आन्तरिक छलफल गर्दैछन् । विगत ३ दिन देखि विवादका कारण सर्वोच्चमा सुनुवाइ अवरुद्ध हुँदै आएको छ ।
Similar Post You May Like
-
भ्रष्टाचार मुद्दामा दाेषी ठहरिएका एसपी रामेश्वरप्रसाद यादव २ कराेड ५० लाखकाे चेक लिएर फरार
काठमाडौ । २ कराेड ५० लाखकाे चेक लिएर भ्रष्टाचार मुद्दामा
-
“जनयुद्धको बलबाट नै मुलुकको राजनीतिक व्यवस्था परिवर्तन भएकाे हाे” : नेता बस्नेत
काठमाडौ । अनेरास्ववियू (क्रान्तिकारी) बानेश्वर बहुमुखी क्याम्पस समितिकाे आयोजनामा २८ औं
-
विवाद बीच हिमाल शर्मा कार्यक्रममा सहभागी भएको भन्दै हिमाल शर्मा विरुद्ध सामाजिक संन्जालमा विरोध !
काठमाडौ । अनेरास्ववियू(क्रान्तिकारी)ले उपत्यका विशेष प्रदेशले आयोजना गरिएको स्वबियु केन्द्रित