बागमती प्रदेशकी मुख्यमन्त्री शाक्यद्वारा राजीनामा घोषणा

हेटौंडा । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामाको घोषणा गरेकी छन् । प्रदेशसभा बैठकमा आफूले पेस गरेको विश्वासको मतमाथि भएको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले राजीनामाको घोषणा गरिन् ।
उनले छोटो समयमा आफूलाई केही उपलब्धिमूलक काम गर्न सबै पक्षबाट सहयोग भएको भन्दै सबैलाई धन्यवादसमेत व्यक्त गरिन् । प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्रस्तावमाथि मत विभाजन हुनु अघि उनले राजीनामा दिएकी हुन् ।
उनले संस्कारयुक्त बनौँ, आपसी द्वन्द्वलाई कम गरौं भन्ने मनसायले नै आफूले ‘मार्ग प्रशस्त’ गर्ने निर्णय लिएको उनले बताइन् । उनले संविधानको धारा (६) को उपधारा १ (क) मा भएको व्यवस्था अनुसार आफूले ‘मार्ग प्रशस्त’ गर्ने उनले प्रदेशसभा बैठकलाई जानकारी दिइन् ।
Similar Post You May Like
-
वैदेशिक राेजगार संघमा १७ पदका लागि ३० व्यवसायीकाे उम्मेद्वारी
काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आगामी पुस ३०
-
नेभरमाइन्ड रेष्ट्रो आज देखि दोश्रो बर्षमा प्रवेश
काठमाडौं। काठमाडौंको अनामनगर भाटभटेनी साइटमा अवस्थित नेभरमाइन्ड रेष्ट्रो स्थापनाको पहिलो
-
पार्टी निकट पत्रकारलाई प्रचण्डको आग्रह : अहिले ‘रिल्याक्स’ हुने बेला भएको छैन
कठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले