विश्वासको मत नपाउने भएपछि शाक्यले अन्तत : दिने भइन् मुख्यमन्त्रीबाट राजीनामा

काठमाडौ । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत नलिइकनै राजीनामा दिने भएकी छन्। प्रदेश सभामा पेश गरेको विश्वासको प्रस्तावमा मतविभाजन हुनुअघि नै उनले आज राजीनामा दिने भएकी हुन्।
‘संसद बैठकलाई सम्बोधन गर्दै उहाँले मार्गप्रशस्त गर्नुहुन्छ,’ बागमतीकी आर्थिक मामिला तथा योजना मन्त्री रचना खड्काले भनिन्।
मुख्यमन्त्री बनेलगत्तैदेखि नै शाक्य अल्पमतमा परेकी थिइन्। उनी नेकपा एमाले प्रदेश संसदीय दलको नेता हुँदै मुख्यमन्त्री बने पनि उनको दल विभाजन भएकाले विश्वासको मत लिनुपर्ने थियो।
विपक्षी गठबन्धनले भावी मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी) प्रदेश संसदीय दलका नेता राजेन्द्र पाण्डेलाई अघि सारेका छो। अब पाण्डे नै मुख्यमन्त्री हुने सम्भावना बलियो छ।
यहाँ विपक्षी गठबन्धनमा रहेको नेकपा माओवादी केन्द्रबाट २३ जना, नेपाली कांग्रेसका २२ जना, नेकपा (एकीकृत समाजवादी) का १३ र जसपाको एक सांसद छन्।
एमाले उपाध्यक्षसमेत रहेकी शाक्य गत भदौ २ मा एमालेबाट मुख्यमन्त्री बनेकी थिइन्। यसअघिका मुख्यमन्त्री डोरमणि पौडेलले राजीनामा दिएलगत्तै उनी मुख्यमन्त्री बनेकी थिइन्।
मुख्यमन्त्री शाक्यलाई कांग्रेस, माओवादी र नेकपा (एकीकृत समाजवादी) ले विश्वासको प्रस्तावका पक्षमा मत दिन नसकिने उल्लेख गर्दै राजीनामा दिन आग्रह गरेका थिए।
Similar Post You May Like
-
भ्रष्टाचार मुद्दामा दाेषी ठहरिएका एसपी रामेश्वरप्रसाद यादव २ कराेड ५० लाखकाे चेक लिएर फरार
काठमाडौ । २ कराेड ५० लाखकाे चेक लिएर भ्रष्टाचार मुद्दामा
-
“जनयुद्धको बलबाट नै मुलुकको राजनीतिक व्यवस्था परिवर्तन भएकाे हाे” : नेता बस्नेत
काठमाडौ । अनेरास्ववियू (क्रान्तिकारी) बानेश्वर बहुमुखी क्याम्पस समितिकाे आयोजनामा २८ औं
-
विवाद बीच हिमाल शर्मा कार्यक्रममा सहभागी भएको भन्दै हिमाल शर्मा विरुद्ध सामाजिक संन्जालमा विरोध !
काठमाडौ । अनेरास्ववियू(क्रान्तिकारी)ले उपत्यका विशेष प्रदेशले आयोजना गरिएको स्वबियु केन्द्रित