वैदेशिक राेजगार संघमा १७ पदका लागि ३० व्यवसायीकाे उम्मेद्वारी

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आगामी पुस ३० गते हुने १७ सदस्यीय कार्यसमितिको निर्वाचनमा ३० जना व्यवसायीकाे उम्मेद्वारी परेको छ । यस अघि राजनीतिक दल निकट वैदेशिक राेजगार व्यवसायीका पाँच सँस्थाबीच निर्विरोध नेतृत्व चयन गर्ने सहमति भएपनि उम्मेद्वारी दर्ता पश्चात विपरीत देखिएको छ ।
निर्वाचन समितिका अनुसार अध्यक्ष पदमा गुरुङ म्यानेजमेन्ट ओभरसिज प्रा.लि.का सञ्चालक भुवन सिंह गुरुङ र मञ्चका पूर्व अध्यक्ष रोज ओभरसिज प्रा.लि. का सञ्चालक राम प्रसाद भान्तनाको उम्मेद्वारी परेको छ। प्रथम उपाध्यक्षमा फ्युचर स्टार मेनपावर प्रा.लि.का सञ्चालक हरि बहादुर पाण्डे क्षेत्री, द्धितीय उपाध्यक्षमा हेराल्ड इन्टरनेसन प्रा.लि.का सञ्चालक प्रमेश्वर अधिकारी, तृतीय उपाध्यक्ष ओभरसिज इम्प्लोइमेन्ट प्रा.लि. का सञ्चालक अख्तर हुसैन र संघका कार्यसमिति सदस्य डाइनामिक स्टाफिङ सोलुसनका सञ्चालक कर्ण राज कटुवाल, महासचिबमा एकीकृत वैदेशिक राेजगार व्यवसायी संगठनका महासचिव इम्प्लोइमेन्ट लिंक नेपाल प्रा.लि.का सञ्चालक मधुकर रिजालको उमेदवारी दर्ता भएको छ ।
सचिवमा एसाेसिएसनका पूर्व अध्यक्ष बाबा ह्युमन रिसोर्सेस प्रा.लि.का सञ्चालक प्रज्ञान न्यौपाने र गुगल ओभरसिजका केशवराज न्यौपानेकाे र काेषाध्यक्षमा नौकरी नेपालका सञ्चालक तथा एसाेसिएसनका वर्तमान अध्यक्ष नरेन्द्र प्रसाद ढकाल र संघकी वर्तमान कोषाध्यक्ष सि.एस.टी सिजन सर्भिस प्रा.लि. की सञ्चालिका इन्दिरा गुरुङको उम्मेद्वारी दर्ता भएको छ।
कार्यसिमित सदस्यहरुमा एकीकृत संगठनका कन्फीडेन्ट मेनपावरका सञ्चालक अनिल बोगटी र सुर्खेत ओभरसिजका गणेश कुँवर, आयुष ओभसिजका कामेश्वर साह (राहुल), गणतान्त्रिक मञ्चका इम्प्लोइमेन्ट ह्युमन रिर्सोसमा सञ्चालक केदारनाथ अधिकारी, उज्यालो ओभरसिजका चन्द्र बहादुर लिम्बु , प्रगतिशील मञ्चका तर्फबाट एसिया लिंक सर्भिसेजका मिलन कट्टेल, सल्मा एचआर शोलुशनका सोम बहादुर तामाङकाे उम्मेद्वारी दर्ता भएको छ ।
एसाेसिएसनका तर्फबाट मोहम्द जुनैद (खोजी रिक्रुटमेन्ट), जंग बहादुर इजम (एलन ओमर्सिज), राजेन्द्र अधिकारी (जेजे ह्युमन), हर्क बहादु लिम्बु (इसिएस इम्प्लोइमेन्ट), कैलाश पाठक (सिल्भर कर्नर), प्रेम राज लावती (एडभान्स रिक्रुटमेन्ट), प्रकाश बोहरा (मार्स म्यानपावर), नगेन्द्र प्रसाद पोखरेल (नबिन) (पुकार इन्टरनेसनल), बिक्रम श्रेष्ठ (शुभहारती म्यानपावर), लक्ष्मण पौडेल (त्रिवेणी ओभरसिज), बिजय कुमार कार्की (इम्पायर इन्टरनेसनल), ऋषिराम कडेल (आर बी ओभरसिज) को उम्मेद्वारी परेको छ।
सदस्यमा उम्मेद्वारी दर्ता गराएका बोहराले उम्मेद्वारी छनोटमा पक्षपात गरिएको दाबी गर्दै आफुले पनि उम्मेद्वारी दर्ता गराएको (मार्स म्यानपावर) का सञ्चालक बाेहराले बताए । प्रकाश बाेहरा अन्य ब्यवसायिहरु मध्ये निकै लाेकप्रीय ब्यवसायि मानिन्छन् । उनी प्रती अाम ब्यवसायीहरुकाे समेत बिश्वास रहेकाे छ ।
Similar Post You May Like
-
भ्रष्टाचार मुद्दामा दाेषी ठहरिएका एसपी रामेश्वरप्रसाद यादव २ कराेड ५० लाखकाे चेक लिएर फरार
काठमाडौ । २ कराेड ५० लाखकाे चेक लिएर भ्रष्टाचार मुद्दामा
-
“जनयुद्धको बलबाट नै मुलुकको राजनीतिक व्यवस्था परिवर्तन भएकाे हाे” : नेता बस्नेत
काठमाडौ । अनेरास्ववियू (क्रान्तिकारी) बानेश्वर बहुमुखी क्याम्पस समितिकाे आयोजनामा २८ औं
-
विवाद बीच हिमाल शर्मा कार्यक्रममा सहभागी भएको भन्दै हिमाल शर्मा विरुद्ध सामाजिक संन्जालमा विरोध !
काठमाडौ । अनेरास्ववियू(क्रान्तिकारी)ले उपत्यका विशेष प्रदेशले आयोजना गरिएको स्वबियु केन्द्रित